सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमि प्रशासनसम्बन्धी सेवा अब धनगढी उपमहानगरपालिकाबाट सञ्चालन

२०८३ साउन ५, १०:०८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाभित्रका भूमि प्रशासनसम्बन्धी सेवा अब धनगढी उपमहानगरपालिकाबाटै सञ्चालन हुने भएको छ।

नापी कार्यालय कैलालीले सोमबार सूचना जारी गर्दै धनगढी उपमहानगरपालिकाको च.नं. १३, मिति २०८३ साउन १ गतेको पत्रअनुसार साउन ६ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाबाट सञ्चालन हुने जनाएको हो।

सूचनाअनुसार नापी कार्यालय कैलालीको कार्यक्षेत्रअन्तर्गत पर्ने धनगढी उपमहानगरपालिकाका वडा नं. १ देखि १९ सम्मका वडामा नक्सा प्रिन्ट, कित्ता काट, कित्ता एकीकरण, फिल्ड रेखाङ्कन तथा नक्सा अद्यावधिक लगायतका सेवाहरू अब धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट उपलब्ध गराइनेछ।

नापी कार्यालयले सम्बन्धित सबै सेवाग्राही तथा सरोकारवालालाई आवश्यक कामका लागि साउन ६ गतेदेखि धनगढी उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

यस व्यवस्थासँगै धनगढी उपमहानगरपालिकाभित्रका भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह हुने भएकाले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध हुने छ।

कमेन्ट लोड गर्नुस