सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रसनि कृष्णराज भट्ट ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

२०८३ साउन ५, ०९:५१ खबर संवाददाता

बैतडीः जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) कृष्णराज भट्टलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

प्रहरी चौकी खोड्पे, बैतडीमा कार्यरत भट्टले गत २०८३ असार १९ गते पाटन नगरपालिका–९ गैराखान सडकखण्डमा धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएपछि तत्काल प्रहरी टोली परिचालन गरी घाइतेहरूको उद्धार गरेका थिए। साथै सम्बन्धित निकायसँग समन्वय गरी घाइतेलाई समयमै अस्पताल पुर्‍याई थप मानवीय क्षति हुन नदिन प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो।

दुर्घटनाको समयमा देखाएको सक्रियता, कर्तव्यनिष्ठा, लगनशीलता तथा जिम्मेवारीपूर्ण कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले भट्टलाई असार महिनाको ‘उत्कृष्ट प्रहरी’ छनोट गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले उत्कृष्ट प्रहरी घोषित भएका भट्टलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै सेवामुखी र जिम्मेवार कार्यसम्पादनको अपेक्षा व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस