कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमानविरुद्ध मुद्दा
धनगढी : कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमानविरुद्ध मुद्दा परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका– ७ खरैलाकी ३५ वर्षकी सरिता भण्डारीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएका छन्।
३५ वर्षीय श्रीमान खगेन्द्र भण्डारीले मानसिक र शारीरिक यातना दिने हुँदा सरिताले आत्महत्या गरेको भन्दै उनका दाजु झंकर विष्टले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी गरेका हुन्।
उजुरी परेपछि घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बताए।