सुदूर नेपाललाई विश्वसँग जोड्दै

यही भिडमा थिए दार्चुलाका कोरोना संक्रमित युवक

२०७७ जेठ १५, १२:४९ खबर संवाददाता

धनगढी : दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालमा गरीएको परीक्षणमा जिल्लाको महाकाली नगरपालिकाका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो।

महेन्द्र नमुना माविको क्वारेन्टाइनमा राखिएका उनलाई कोरोना सक्रमण पुष्टि भएपछि जिल्ला अस्पत्ताल दार्चुलामा लगिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

उनी भारतको दिल्लीबाट जेठ ८ गते धारचुला–दार्चुला नाकाबाट स्वदेश फर्किएका थिए। उनीसंगै भारतमा मजदुरी गर्न गएका १४ जिल्लाका नेपाली पनि फर्किएका थिए।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार दार्चुला र धार्चुला जोड्ने झोलुंगे पूल भएर सोही दिन तीन सय १९ जना मजदुरको उद्धार गरिएको थियो। 

सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरका अनुसार ८ गते भारतको दिल्लीदेखि पिथौरागढका विभिन्न शहरमा मजदुरी गर्न गएका नेपालीलाई बिहान झोलुंगे पूल खुलाएर उद्धार गरिएको थियो। सोही दिन दुई सय बढि भारत पनि फर्किएका थिए। 
 

कमेन्ट लोड गर्नुस