हावाहुरीले धनगढीका विभिन्न क्षेत्रको विद्युत सेवा अवरुद्ध
धनगढी : बुधवार साँझको हावाहुरीका कारण धनगढीका विभिन्न क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार हावाहुरीका कारण मेन लाइनमा रुख र केही क्षेत्रमा पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको बताए।
वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार बेलादेवीपुर फिडरको विद्युत सेवा पूर्ण रुपमा बन्द भएको बताउँदै मर्मतका लागि अन्य विभिन्न फिडरको समेत अहिले विद्युत सेवा कटौती गरिएको बताए।
उनका अनु्सार अहिले मर्मतका लागि विद्युतको टोली फिल्डमा पुगिसकेको छ।