सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदीमा डुवेर एक जनाको मृत्यु

२०७७ जेठ १४, ०९:२२ खबर संवाददाता

धनगढी  ः कैलालीमा नदीमा डुवेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ का दशरथ विकका ९ बर्षीय छोरा निरज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनका अनुसार कान्द्रा नदीमा डुवेर उनको मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस