सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ संक्रमित चारै जना भारतबाट आएका थिए, सेतीमा उपचार हुँदै

२०७७ जेठ १०, ०४:३२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा शनिवार थपिएका चार जना कोरोना संक्रमति भारतबाट आएको खुलेको छ। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय संक्रमति पुरुष भारतबाट आएका हुन्।

उनीहरुलाई ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो। सोही दिन उक्त नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। सेती प्रादेशिक अस्पतालका अनुसार सीमामा गरिएको ¥यापिड टेस्टमा एन्टिबडी देखाएपछि उनीहरुलाई अस्पतालको आईसोलेसनमा राखिएको थियो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भारतबाट आएका उनीहरुलाई ८ गते रातिदेखि नै आईसोलेसनमा राखिएको बताए। 
 

कमेन्ट लोड गर्नुस