सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोनाका संक्रमित ५३ लाखको हाराहारीमा, ३ लाख ४० हजारको मृत्यु

२०७७ जेठ १०, ०२:२१

जेनेभा :  कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ।  युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। 

पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ। पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ। योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ।

कोरोनाभाइरसबाट सर्वा्धिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ। हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ। 

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१  हजार ११६ को मृत्यु भएको छ। यहाँ एकै दिन ९६६  जनाको ज्यान गएको छ। यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ। –रासस/एएफपी

कमेन्ट लोड गर्नुस