सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

२०७७ जेठ ९, ०८:४१ खबर संवाददाता

धनगढी : नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

बरा निवासी २२, २७, ३०, ३४, ३८ र ४५ बर्षीय पुरुष, मकवानपुरकी ५४ बर्षीय महिला, भत्तपुरकी ४२ बर्षिय महिला र सप्तरी निवासी ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समरि अधिकारीले ले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।  

कमेन्ट लोड गर्नुस