कैलाली जिल्लाभित्रका सवारी पास आजबाट रद्द
धनगढी : लकडाउनको बेला कैलाली जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ।
यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएकोमा आजदेखि जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु पनि रद्ध गरिएको हो।
गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएपछि कैलालीमा पनि रद्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए।
‘अति आवश्यक काम पर्नेलाई सवारी पास आवश्यक भए जिल्ला प्रशासन कार्यालयले नयाँ पास जारी गर्नेछ।’ जोशीले भने।
प्रेस पास प्राप्त सञ्चारकर्मीलाई भने सवारी पास आवश्यक नपर्ने व्यवस्थालाई कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
एक जिल्लाबाट अर्को जिल्लामा अति आवश्यक कामका लागि सवारी पास आवश्यक परै सम्बन्धित जिल्लाको पनि सहमती अनिवार्य गरिएको छ।
कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार यस्तो गरिएको हो।