सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टीले भन्यो– सीमा विवादका विषयमा कूटनीतिक र राजनीतिक तहमा वार्ता गर

२०७७ जेठ २, ०२:२१ खबर संवाददाता

काठमाडौं : साझा पार्टीले भारतसँगको सीमाका विषयमा कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्न माग गरेको छ। पार्टीले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल–भारत सीमाका सन्दर्भमा देखिएका विवादका विषयमा सरकारलाई भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्न माग गरेको हो।

यस्तै साझाले  निश्चित नाकाहरू मात्रै अभिलेखीकरणको व्यवस्था सहित खुला गर्न माग समेत गरेको छ। ती बाहेकका अन्य सबै भागमा तारबार लगाउन पनि उसको माग छ। नेपाल–भारतको सीमालाई छुट्याउने धेरै दस्तावेजहरु समेत बेवास्ता गर्दै भारतले नेपाली भूमि मिचेको साझाले निष्कर्ष निकालेको छ।

“भारतले ऐतिहासिक दस्तावेजहरूले प्रमाणित गरेको नेपाल–भारत सीमालाई बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भू–भाग अतिक्रमण गरेको छ। भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने हाम्रो ठहर छ।” साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

कमेन्ट लोड गर्नुस