सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबइमा कोरोना संक्रमित कैलालीका युवकको कविता : युद्ध मैदानमा म र कोरोना

२०७७ वैशाख ३०, ०८:४८

अहिले करिब रातिको १० बज्यो
युएईको एक सुनसान सहरमा शरिरमा विश्वभर फैलिरहेको कोरोना भाईरसका किटाणुहरुसंग प्रतिस्पर्धा गर्दैछु 
थाह छैन म जित्छु या यो भाईरसले मलाई जित्छ
जस्तो कि हामी कुनै खेल खेलीरहेका छौ
हामी दुबै जित्ने अडानमा छौ तर यो सत्य हो खेलमा एउटाको हार र एउटाको जीत अबश्य हुन्छ
मैले जिते म के पाउछु र हारे के गुमाउछु मेरो मानसिक सन्तुलनमा यही कुराले प्रभाव परिरहेको छ
जहासम्म उसले ९कोरोना भाईरस० जिते सायद उसलाई केही फाईदा त हुदैन
तर उसलाई पनि के थाह र म कसैका लागि कती महत्वपूर्ण छु भनेर
त्यसैले त म यो भाईरससंग जित्ने दाउमा छु
मलाई जित्नुछ आफु भन्दा अरुको लागि मेरा आफ्ना भन्नेहरुका लागी
म कसैको दियो हु र मेरा आफन्त दियोका बाती
फेरी उज्यालो छर्नुछ तर कहिले
बिदेशिएको पनि लगभग चार बर्ष पुगेछ
यो यात्रा सुरु हुन्छ,नेपालको अछाम जिल्लाको एउटा सानो गाउ भटाकाटिया पुदुबाट
करिब बिधालयको शिक्षा त्यहि सकिएपछि उच्च शिक्षा पढ्न र सहर आउन सपना जस्तै थियो
गरीब परिवारमा जन्मिएपछि यी सबै कुराहरु त पुरा गर्न सकिन्छ सायदै कम मात्रै
अछामकै बिधालयबाट कृषि जेटिए पास गरेपछि नेपालमै काम गर्ने सपना मन नभएको कहा हो र 
तर निजी क्षेत्रमा काम गर्न त लिंक चाहिदो रहेछ पावर चाहिदो रहेछ त्यो पनि मन्त्री सम्मको
कि त अनुभव चाहिदो रहेछ तिन बर्ष काम गरेको
एक अठार बर्षको बालक कहिले अनुभव गरोस् तिन बर्षको
यो त सबै राजनीती रहेछ
जो मलाई बिलकुल मन पर्दैन थियो
यो फोहोरी राजनीती
यो भ्रष्ट नेतृत्व
यसपछिको एकै उपाय बिदेशिनु थियो
आफ्नै दाजु म भन्दा पहिले नै बिदेशिनु भएकाले खासै डर त थिएन
उन्नाईस बर्षको पुगेकै थिएन म बिदेशिदा
आज २२ बर्षको पुगिसकेछु
धेरै कुरा जान्ने र बुझ्ने भैसकेछु
आफ्नो भन्दा धेरै अरुको बारे सोच्ने भैसकेछु
हुनत जिम्मेवारीले हरेक कुरा सिकाउदो रहेछ
चार बर्ष बितेछन् बिदेशमा पनि
यि चार बर्षमा मेरो लागि के गरे म अन्जान छु
तर आमा बुवाको बुढेसकालको सहारा बन्न सकेको अनुभव हुदैछ
निकै चुनौतीहरुका बावजुद कैलालीको लम्किमा जग्गा किनेर आफुलाई सानो घर पनी बनाए
आमा बुवा र भाईबहिनीहरुलाई ल्याए
केही सपना पुरा भैसकेपछि घर जान्छु आमा बुवा भेटेर आउला भनेर अप्रिल २ तारिखको टिकट लिएको थिए
के थाह थियो र यहि समयमा यो महामारी आउला र घर जाने सपना सपनामै रहला भनेर
हेर्दा हेर्दै लड्दा लड्दै आज आफै क्वारेन्टाईनमा बसेको बिस दिन भयो
म अब त्यहि दिनको प्रतिक्षामा छु
मेरा सबै आफन्त र शुभेच्छुकहरुले दिएको हौसला माया प्रेम र सद्भावले यो कठिन समयमा मलाई यसरी हौसला दिएको छ कि म निकै बलियो भएको छु
खुसिसाथ कोरोनालाई जितेको बिजय पथमा रमाउन मन छ। तर खै कहिले आउछ
तर यती भनीरहदा घर परिवारको  र देशको चिन्ता लाग्न भने छोडेको छैन
आफुलाई जे होस घर परिवार र देशमा केही नहोस् यही कामना गर्दै पशुपतिनाथसंग प्रार्थना गर्दै बित्छन् मेरा दिन रातहरु
यसै बिच अन्तिममा यती त भन्छु
बाचुन्जेल यो बिपन जहा होस मतलब छैन यार
मर्ने बेला हुन पाउ जन्मिएको ठाउ यत्ति भए पुग्छ

कमेन्ट लोड गर्नुस