सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एकै दिन ११ जना खैरो हेरोइन र चरेससहित पक्राउ

२०८३ असार ८, १०:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एकै दिन ११ जना खैरो हेरोइन र चरेससहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ मनेहरा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ३०३ मिलिग्रामसहित ६ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने हरुमा सोही ठाउँ बस्ने २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना, २७ वर्षीय सुवास राना र १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि पक्राउ गरेको जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ फाप्ला क्रिकेट ग्राउण्ड नजिकबाट चरेस २ ग्राम ६३ मिलिग्रामसहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय बेनी माधव खड्का र १८ वर्षीय किशोर रहेका छन्। यी दुबै जनालाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–१ महोत्सव ग्राउण्डबाट गाँजा ४ ग्राम ३४० मिलिग्राम र चरेस ११० मिलिग्रामसहित ३ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आयुष ओली, सोही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय अस्पात अन्सारी र २५ वर्षीय प्रज्वल थापा रहेका छन्। वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले तीनै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस