धनगढी–अत्तरीया ६ लेन सडकमा हाइस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु
धनगढीः धनगढी–अत्तरीया ६ लेन सडकमा हाइस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट चोक स्थित धनगढी–अत्तरीया सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०२–००१ज ०६९३ नम्बरको हाइस र म १ प ५२४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक गोदावरी नगरपालिका–५ गेटा बस्ने ६५ वर्षीय चेतराज भट्टको मृत्यु भएको हो।
भट्ट गम्भिर घाईते भएपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उनको आईतबार बेलुका उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाइस चालक डोटीको शिखर नगरपालिका–१० बस्ने २६ वर्षीय टेकबहादुर धामीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।