ईपीजीको प्रतिवेदन तत्काल बुझाउन र सार्वजनिक गर्न साझा पार्टीको माग
साझा पार्टीले नेपाल–भारत प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर नेपाल र भारतबीच भएका सहमति, सम्झौता र व्यवस्थापनको पुनरावलोकन गर्ने र बदलिँदो समयको आवश्यकताका आधारमा दुवै सरकारलाई सिफारिस गर्न २०७२ सालमा ईपीजी गठन गरेकोमा इपीजीले काम सकेको २ बर्ष भइसक्दा समेत अझै प्रतिववेदन नबुझाएकाले तत्काल प्रतिवेदन बुझाएर सार्वजनिक गर्नुपर्नेमा जोड दिएका हुन।
लिपुलेक हुँदै भारतले निर्माण गरेको सडक प्रकरणलगायत नेपाल–भारत सम्बन्धमा आइरहने जटिलताहरूको परिप्रेक्ष्यमा ईपीजीको प्रतिवेदनको महत्व अझ बढेको साझाले जनाएको छ।
‘दुई देशका प्रधानमन्त्रीको निर्देशनमा बनेको त्यति महत्वपूर्ण ऐतिहासिक दस्तावेज यति लामो समयसम्म व्यक्तिको स्वामित्वमा रहनु हुँदैन भन्ने साझा पार्टीको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।