कञ्चनपुरको बेलडाँडीमा बेलका बिरुवा संरक्षण गर्ने अभियान सुरु
धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बेल संरक्षणको अभियान सुरू भएको छ। पर्यावरण संरक्षण, सांस्कृतिक पहिचानको संरक्षण, र पर्यटन प्रवर्धनको उद्देश्यले बेलका बिरुवाहरू रोपण र संरचना निर्माणको अभियान सुरु गरिएको हो।
स्थानीय युवा गोकर्ण जोशीको नेतृत्वमा थालिएको बेल संरक्षण अभियानलाई स्थानीय समुदायले समेत सहयोग गर्न थालेका छन्। बेलडाँडीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई उजागर गर्न पहिलो चरणमा ४५० भन्दा बढी बेलका बिरुवा सार्वजनिक स्थलमा रोपिएका छन्। स्थानीयको आर्थिक सहयोगमा ४५० बेलका बिरुवा रोपिएको जोशीले बताए। स्थानीयबाट एक सयका दरले सहयोग सङ्कलन गरेर सार्वजनिक स्थानमा बिरुवा रोपिएका हुन्।
विद्यालय, मठ–मन्दिर, र अन्य सार्वजनिक स्थलमा बिरुवा रोपिएको जोशीले बताए। पर्यावरणीय सन्तुलन कायम राख्न, बेलको व्यावसायिक उपयोग गरी स्थानीय अर्थतन्त्र बलियो बनाउन र बेलडाँडीको ऐतिहासिक महत्वलाई पुनर्जागरण गर्न बेल रोपण र संरक्षण अभियान था