कैलालीमा प्रिन्सिपलको हत्या भएको भन्दै विद्यार्थी आन्दोलनमा
धनगढी : एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै आज पनि दवाब र्याली निकालीएको छ।
विद्यार्थीहरुले मसुरिया र बढैपुर बजारमा बिरोध र्याली निकालेका हुन्। भुसाल मृत भेटिएको १२ दिन हुदाँ पनि घटनाको बारेमा प्रहरीले अनुसन्धान पूर्ण नगरेको उनीहरुले आरोप लागएका छन्। पत्रकार घनश्याम पौडेललका अनुसार मसुरीया क्षेत्रका नागरिकहरु पनि पूर्वपश्चिम राजमार्गमा सुरु गरिएको र्यामा सहभागी भएका थिए।
छानबिनमा प्रहरीले धयान केन्द्रीत नगरेको गुनासो उनीहरुको छ भने घटनालाई अन्तै मोड्ने प्रयास भएको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ।
निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसााल पूर्व–पश्चिम महेन्द्र राजमार्गको आमखैयामा मृतावस्थामा फेला परेका थिए।