सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डिउटीमा खटिएका सुरक्षाकर्मीलाई विगक्याटको सहयोग

२०७७ वैशाख २१, ०७:३६ खबर संवाददाता

धनगढी: धनगढीमा विगक्याट युवा जनशक्ति नामक युवाहरुको समूहले लकडाउनका बेला सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई सहयोग गरेको छ।

विगक्याटले धनगढी उपमहानगरपालिका १० मा रहेको अस्थायी प्रहरी पोष्ट मनहेरा, १२ को जुगेडा तथा धनगढी बजार क्षेत्रमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मास्क, साबुन, ग्लोब्स एवंम खानेपानी वितरण गरिएको हो।

विगक्याट युवा जनशक्तिका अभियान्ता किशोर जोशीले लकडाउनको समयमा रातदिन नभनी डिउटीमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन अभियान अन्तरगत विभिन्न समाग्री सहयोग गरिएको बताए।  

 

 

कमेन्ट लोड गर्नुस