सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रिन्सिपल भुसालको हत्या भएको भन्दै छानबिनको माग गर्दै प्रदर्शन

२०७७ वैशाख २१, ०१:०९ खबर संवाददाता

धनगढीः एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै छानविनको माग सहित प्रदर्शनज गरिएको छ।

स्थानीय मसुरिया बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। आफन्त तथा विद्यार्थीहरुले घटनाको ११ दिन हुदाँ पनि छानबिन पूर्ण नभएको र घटनालाई अन्तै मोड्ने प्रयास भएको भन्दै प्रर्दशन गरेका हुन्। उनीहरुले स्थानीय प्रशासनका बिरुद्द नाराबाजी समेत गरेका छन्। विद्यालयका पूर्व विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मसुरीया मार्फत जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीलाई ज्ञापन समेत बुझाएका छन्। 

यता जिल्ला प्रहरी कार्यालय कैलालीका निमिक्त प्रमुख प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले घटनाको अनुसन्धान भईरहेको बताए। शवको पोष्टमार्टम रिपोर्ट अनुसार रगत धेरै बगेपछि मृत्यु भएको देखिएको उनले बताए। तर भिसेरा रिपोर्ट आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए। घटनाको अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिसकेको छ।

निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसााल पूर्व–पश्चिम महेन्द्र राजमार्गको आमखैयामा मृतावस्थामा फेला परेका थिए।
 

कमेन्ट लोड गर्नुस