धनगढीका पेट्रोल पम्प आजदेखि सञ्चालन हुने
धनगढी : धनगढीका पेट्रोल पम्प आजदेखि सञ्चालन हुने भएका छन्। धनगढी डिपोमा इन्धनको पर्याप्त मौज्दात भएपनि पम्पहरुले सेवा नदिएको गुनासो बढ्दै गएपछि आज १२ बजेदेखि पम्प सञ्चालन गरिने बताईएको हो।
कैलाली उद्योग वाणिज्य संघले आजदेखि पम्प सञ्चालकहरुलाई सेवा सुचारु गर्न आग्रह गरेकोमा १२ बजेदेखि पम्प सञ्चालकहरुले सेवा दिने बताएका हुन्।
कैलाली उद्योग वाणिज्य संघका सदस्य मनोज अग्रवालले भने, ‘सञ्चार माध्यममा इन्धनको कृत्रिम अभाव सृजना भएको समाचार आएपछि हामीले पूर्ण रुपमा सेवा सुचारु गर्न आग्रह गरेका थियौँ। पम्प सञ्चालकहरुले पनि १२ बजेदेख सेवा दिने बताएका छन्।’
इन्धनको कृत्रिम अभाव सृजना भएको विषयमा दिनेश खवरले समाचार प्रकाशन र दिनेश एफएमले प्रशारण गरेको थियो। यता पेट्रोलिमय पदार्थ डिलर्स एसोसियसनका अध्यक्ष चक्र मल्लले पनि आजदेखि पम्प सञ्चालनमा आउने बताए।
पेट्रोल पप्पहरुले बिक्रि वितरण नगर्दा अत्यावश्यक सेवा समेत प्रभावित भएकाे थियो।