सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरी प्रमुखमा एसपी जबरा आउदै

२०७७ वैशाख २१, ०९:०९ खबर संवाददाता

धनगढी:  कैलालीको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा आउने भएका छन्। कैलालीका एसपी सुदिप गिरी एसएसपी बढुवा सिफारिसमा परेपछि गृह मन्त्रालयले नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी उपरिक्षक जबरालाई पठाएको हो।

गृह मन्त्रालयले जबरासँगै अन्य ६ जना एसपीको पनि सरुवा गरेको छ।  यस्तै मन्त्रालयले सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्दलाई पठाएको छ।

कमेन्ट लोड गर्नुस