धनगढीका विद्यार्थीलाई खाद्यान्न सहयोग
धनगढी- धनगढीका विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ। लकडाउनका कारण समस्यामा रहेको धनगढीका ५७ जना विद्यार्थीलाई अनेरास्ववियूले खाद्यान्न सहयोग गरेको केन्द्रिय सदस्य मनोज राइएले जानकारी दिए।
उनका अनुसार उधोग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नीजि सहयोगमा ३० क्विन्टल चामल विद्यार्थीलाई वितरणका लागि स्वकीय सचीव हितेश ओझाले ल्याएका हुन्। प्रति विदार्थी १५ किलोग्रामका दरले चामल वितरण गरेको राईले बताए।
यसअधि सात सय ११ जनालाई खाद्यान्न सहयोग गरिएकोमा फेरि ५७ जनालाई चामल, दाल, नुन, तेल, साबुन तथा मास्क सहयोग गरिएको हो।