धनगढीका युवा पनेरुद्वारा विपन्न परिवारलाई सहयोग
२०७७ वैशाख २०, १२:४५
धनगढी : धनगढीका युवा कमल पनेरुले विपन्न परिवारलाई सहयोग गरेका छन्। लकडाउनपछि समस्यामा परेका मजदुर परिवारलाई पनेरुले श्रमिक दिवसको दिन सहयोग गरेका हुन्।
उनले धनगढीका तीन परिवारलाई १०-१० किलो चामल, दुई-दुई किलो दाल र दुई÷दुई पोका तेल दिएका हुन्। विपन्न परिवारलाई छाक टार्न सहज होस भन्ने उद्येश्यले खाद्यान्न सहयोग गरेको पनेरुले बताए। पनेरु धनगढीका विभिन्न सामाजिक संस्थामा संक्रिय छन्।
कमेन्ट लोड गर्नुस