सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी जेसिजको ३८ औँ स्थापना दिवसको अवसरमा रक्तदान

२०७७ वैशाख २०, १२:३८ खबर संवाददाता

धनगढी :धनगढी जेसिजले ३८ औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ। धनगढी जेसिजले स्थापना दिवसका अवसर आज धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको छ।

मानवताको सेवा अन्तरगत शनिबार रक्तदान कार्यक्रम गरिएको धनगढी जेसिजका कार्यक्रम संयोजक मनिष कुवँरले बताए। लकडाउनका बेला अस्पतालहरुमा हुने रगतको अभावलाई ध्यानमा राख्दै जेसिजले स्थानपना दिवसमा रक्तदान कार्यक्रम गरेको जनाएको छ।

यस्तै अध्यक्ष श्याम पाठकले स्थापना दिवसका अवसरमा वक्तव्य जारी गर्दै स्थापना कालदेखि विभिन्न वर्षमा जेसिजको सफल नेतृत्व गरेकाहरुलाई कृतज्ञता ज्ञापन गरिएको छ। पठले जारी गरेको वक्तत्वमा सिनेटर रघुनाथ पाठक र स्थापना कालदेखि विभिन्न वर्षमा सफल नेतृत्व गर्नेहरुलाई कृतज्ञता ज्ञापन गरिएको हो।

कमेन्ट लोड गर्नुस