कैलालीमा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष मृत फेला : दुई जना पक्राउ
धनगढी : निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भुसालसंगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिईएको हो। प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन्।
जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक र प्रिन्सिपल समेत रहेका भुसाल गयराती मृतत फेला परेका थिए। गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्याीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार राती पौने १२ बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको हो। ‘मध्यराती हामीलाई जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको छ। मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको छ। घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टको टोली पनि पुगेको छ। म पनि घटनास्थल गईरहेको छु।’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने।
एनप्याव्ब्सन कैलालीका अध्यक्ष उपेन्द्र अपवस्थीले भुसालको मृत्युले शिक्षा क्षेत्रमा ठूलो क्षती पुगेको बताए। उनले घटना रहश्यमय भएकोले सत्यतथ्य छानविन हुनुपर्ने माग गरे। स्थानीयले मुसालको हत्या भएको आरोप लगाउँदै आएका थिए। उनी पहलवानपुरबाट साईकलमा घर तर्फ गईरहेका थिए।