सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, १० घाइते

२०८३ साउन २३, ०४:३५ खबर संवाददाता

भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिबार निजी यात्रुवाहक बस सडकबाट चिप्लिएर दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटना राज्यको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी क्षेत्रमा भएको हो। दुर्घटनाका बेला बसमा चालकसहित १८ जना सवार थिए।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच, भारी वर्षाका कारण हिमाचल प्रदेशमा १८५ वटा सडक अवरुद्ध भएका छन्। राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन ३० मा मनसुन सुरु भएयता राज्यमा १४३ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा र ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको केन्द्रले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस