लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको अध्यक्षमा पन्त
लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीको अध्यक्षमा तिर्थ पन्त चयन भएका छन्। लायन्स बर्ष २०२०र२०२१ को लागि धनगढीका युवा व्यवसायी पन्त अध्यक्षमा छानिएका हुन्।
एक बर्षे कार्यकालमा लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीलाई नयाँ उचाईमा पुराउँदै सामाजिक कार्यहरु गर्ने नवनिर्वा्चित अध्यक्ष पन्तले बताए। पन्त सुदुरपश्चिममा अत्याधुनिक र सुविधायुक्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको निसर्ग हस्पिटलका अध्यक्ष समेत रहेका छन्।
लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीको धनगढीकोमा भएको एक कार्यक्रमबा बीच पन्तलाई अध्यक्षमा चयन गरिएको हो। त्यसैगरी दुरसञ्चार र हार्डवेयर क्षेत्रको व्यवसायमा पनि उनको लामो समयदेखि संग्लनता रहदै आएको छ।
त्यस्तै लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको कैलालीको वरिष्ठ उपाध्यक्षमा भिष्मराज ओझा अब्बु, सचिवमा युवराज जोशी र कोषाध्यक्षमा शुभाष भण्डारी छानिएका छन्।