सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनआरएन युएईद्वारा सेती अस्पताललाई पिपिई सहयोग

२०७७ वैशाख ७, ०६:५२ खबर संवाददाता

धनगढी: गैर आवासीय नेपाली संघ(एनआरएन), राष्ट्रिय समन्वय परिषद(युएई) ले सेती प्रादेशिक अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) सहयोग गरेको छ। आइतबार माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले अस्पताललाई २५ थान पिपिई हस्तान्तरण गरेका हुन। 

उक्त सामग्री लम्की चुहाका स्थानीय लक्ष्मीप्रसाद कोइरालको पहलमा तथा एनआरएन युएईका अध्यक्ष प्रकाश कोइरालाको सहयोगमा प्राप्त भएको सेती अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस