सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा रातिको समयमा २ युवतिमाथी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गर्ने ५ जना पक्राउ

२०७७ वैशाख ४, ०८:४२ खबर संवाददाता

कञ्चनपुरमा २ युवतिमाथी अभद्र  व्यवहार तथा बलात्कारको प्रयास गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर वडा नम्बर ७ का २ युवतिमाथी रातिको समयमा अभद्र व्यवहार तथा बलात्कारको प्रयास गरेको आरोपमा वडा नम्बर ९ कुण्डाका ५ युवक पक्राउ परेका हुन्।

बैसाख १ गते राति ९ बजे कुण्डाबाट गहुँकाटेर बरैया घर फर्किने क्रममा ५ युवकले मोटरसाईकलको चावीखोसी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गरेको पिडित पक्षको जाहेरीका आधारमा उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वडा नम्बर ९ कुण्डा हाल बेलौरी बस्ने सन्तोष ऐर, करन ऐर, सुरेन्द्र ऐर, जनक विष्ट र प्रेम चन्द रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले भने उनिहरुलाई मंगलबार सामान्य सोधपुछका लागी झिकाईएको बताए।

युवतिमाथी अभद्र व्यवहार तथा हातपातको प्रयास गरेको देखीएकाले नियन्त्रणमा राखि थप अनुशन्धान भईरहेको उनले बताए।  २ बालकलाई समेत बिहिबार सोधपुछका लागी झिकाईएको उनले बताए। रातिको समयमा मापसे सेवन गरेर गुंडागर्दी सैलीमा युवतिमाथी अभद्र व्यवहार तथा बलात्कारको प्रयास गरेको भन्दै कार्वाहीका लागी प्रहरीमा जाहेरी दिएको पिडीत पक्षले जनाएको छ। 

कमेन्ट लोड गर्नुस