सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बच्चाले आगो खेलाउँदा २ घरमा आगलागी, ७ लाख बढीको क्षति  

२०८१ वैशाख २१, ०७:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा बच्चाले आगो खेलाउँदा २ घरमा आगलागी भएको छ। बेलडाँडी गाउँपालिका-४ बैवाह बस्ने जैशी बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेलाउँदा हावा हुरीले आगो उडाई दुईवटा घरमा आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा, नागरीकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामान गरि अन्दाजी ७ लाख २२ हजार २५० बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस