कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन्।
हातहतियार खरखजना मुद्दामा २ महिना २९ दिन कैद सजाय र ६ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१० बस्ने २७ वर्षीय प्रदेश चौधरी, वन मुद्दामा २० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-२ बस्ने ६५ वर्षीय लालबहादुर साँउद, चेक अनादर मुद्दामा ४ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय दुर्गाबहादुर कार्की र बोक्सि आरोप मुद्दामा जरिवाना ११ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ बस्ने ५२ वर्षीय देवबहादुर लुहार पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको फरक–फरक मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि चारै जना फरार रहेका थिए। फरार चारै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।