नयाँ वर्षमा सेती अस्पतालका स्वास्थ्यकर्मीलाई बोलन्या थलीको गुलाफ
धनगढी: बोलन्या थलीले सेती अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गुलाफ उपहार दिएको छ। ५ जना कोरोना संक्रमित उपचाररत अस्पतालका कर्मचारीलाई नयाँ वर्षमा गुलाफ दिइएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।
आफुले समाजिक दुरी कायम गर्न डेढ मिटर लामो अटोमेटिक यन्त्रको सहाराले गुलाफ दिएको संयोजक जोशीले बताए। ‘स्वस्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र उहाँहरुको खटाइको सम्मानमा गर्न यो कार्यक्रम गरेका हौ’ उनले भने।
यसअघि बोलन्या थलीले लकडाउनको समयमा आश्रय अड्डा, दानापानी कार्यक्रम, दैलामा दवाई लगायतका कार्यक्रम गरिसकेको छ। बोलन्या थलीले पश्चिम सेती निमार्णको लागि सरकारलाई विभिन्न रचनात्मक तरिकाबाट दवाव दिँदै आएको छ।