कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, प्रमुख अतिथि शेरबहादुर देउवा
काठमाडौँः नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रुपमा पूर्व सभापति शेरबहादुर देउवा सहभागी हुनेछन्। राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले भने ‘भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको छ। भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्छ।’
राष्ट्रिय भेलाको उद्घाटन समारोह दिउँसो १ बजे सुरु हुने विश्वकर्माले जानकारी दिए। पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी २ दिन बन्द सत्र हुने विश्वकर्माले बताए। ३० गते बिहान ८ बजेदेखि ९ बजेसम्म खाजा त्यसपछि १२ बजेसम्म बन्द सत्र हुने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्ट्याइने विश्वकर्माले जानकारी दिए। भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान रहेको विश्वकर्माले बताए।