कैलालीमा भारतबाट फर्किएपछि विरामी परेका पुरुषको रिर्पोट पनि नेगेटिभ
कैलालीमा भारतबाट फर्किएर विरामी परेका ५० वर्षीय पुरुषको कोरोना परिक्षण रिर्पोट नेगेभिट आएको छ। भारतबाट फर्किएर उच्च ज्वरो र रुघाखोकीले गम्भीर विरामी भएका लम्कीचुहा नगरपालिका ४ का ती पुरुषको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालका प्रवक्ता जगदिश जोशीले परिक्षणपछि उनको रिर्पोट नेगेटिभ देखिएको बताए। उनी विरामी भएर घरमै बसिरहेको थाहा पाएपछि लम्कीचुहाबाट चैत २५ गते प्रहरीले एम्बुलेन्स मार्फत नमुना संकलन र परिक्षणका लागि धनगढी ल्याएको थियो।
उच्च ज्वरो आएपछि स्थानीय मेडिकलमा गएर टाईफायड भएको भन्दै सुई लगाएको थिए। तर लामो समय सम्म सन्चो नभएपछि कोरोनाको आशंका गरिएको थियो।