सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चार जना फरार प्रतिवादी पक्राउ

२०८३ साउन ३०, ०८:११ खबर संवाददाता

कञ्चनपुरः जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले २०८३ साउन २९ गते उनीहरूलाई पक्राउ गरेको हो।

वन्यजन्तु तथा अवैध शिकार मुद्दामा जनही २१ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका लालझाडी गाउँपालिका–५ देखतभुलीका ३९ वर्षीय श्यामकुमार राना, ४० वर्षीय जङ्गबहादुर राना र ४१ वर्षीय राम साहेब राना पक्राउ परेका छन्।

त्यस्तै, चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–१ राजीपुरका २५ वर्षीय पंकज मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस