धनगढीमा ब्राउन सुगरजस्तो पदार्थसहित चार जना पक्राउ
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–८ राधास्वामीबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
शुक्रबार बेलुकी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूबाट १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का ३२ वर्षीय सञ्जय यादव, ४२ वर्षीय सम्भु श्रेष्ठ, १६ वर्षीय किशोर तथा धनगढी उपमहानगरपालिका–५ का २० वर्षीय क्रिस बम रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।