कैलालीमा भन्सार छलि ल्याइएको टेन्ट प्रहरीद्वारा नियन्त्रणमा
धनगढीः कैलालीको कैलारी गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएको टेन्ट प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको अन्दाजी २४ हजार मूल्य बराबरको टेन्ट फेला पारेको हो।
भन्सार छलि ल्याइएको आशंकामा प्रहरीले उक्त सामान नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।