सुदूर नेपाललाई विश्वसँग जोड्दै

सनराईज बैंकद्वारा सेती अस्पताललाई पिपिई सहयोग

२०७६ चैत्र २७, ०२:२९ खबर संवाददाता

धनगढी:  सनराईज बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले सेती प्रादेशिक अस्पताललाई व्यक्तिगत सुरक्षा समाग्री(पिपिइ) हस्तान्तरण गरेकोे छ। कोरोनाको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुका लागि भनेर बैंकले पिपिई सहयोग गरेको हो।

बैंकका प्रमुख सुरेन्द्र शाहीले बिहिबार सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेयलाई बैंकका पिपिई हस्तान्तरण गरेका हुन।

कमेन्ट लोड गर्नुस