सुदूर नेपाललाई विश्वसँग जोड्दै

फारवेष्ट टेक्नीकल कलेजद्वारा सेती प्रादेशिक अस्पताललाई पीपीई हस्तान्तरण

२०७६ चैत्र २७, १२:३५ खबर संवाददाता

धनगढी : धनगढीको फारवेष्ट टेक्नीकल कलेजले सेती प्रादेशिक अस्पताललाई पीपीई हस्तान्तरण गरेको छ। एक लाख ५० हजारमा २० सेट पीपीई खरिद गरेको फारवेष्ट टेक्नीकल कलेजले प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो। कलेजका प्रवन्ध निर्देशक करुणाकर पाण्डेयले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेलाई पीपीई हस्तान्तरण गरे।

‘कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत स्वास्थ्यकर्मीको प्रयोजनका लागि पीपीई दिएका हौँ। विश्व स्वास्थ्य संगठनले मान्यता दिएका पुनः प्रयोग गर्न मिल्ने पीपीई हस्तान्तरण गरेका छौँ।’ दिनेश खवरलाई पाण्डेयले भने। 
 

कमेन्ट लोड गर्नुस