सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रशासन अगाडि सुनचाँदी पसलबाट चोरी भएका गहना पानी ट्याङकीमा भेटिए

२०७६ चैत्र २७, १२:१९ खबर संवाददाता

धनगढी : धनगढीस्थित जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि रहेको प्रिया सुनचाँदी पसलबाट चोरी भएका गहना पानी ट्याङकीमा भेटिएका छन्। चोरीमा संग्लन धनगढी कारागार रोडका बावुछोरालाई प्रहरीले पक्राउ गरेपछि उनीहरुले चोरेका गहना पानी ट्याङकीमा भेटिएका हुन्।

गएराती चोरी भएकोमा आज विहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कारागार रोड बस्दै आएका ४५ वर्षीय पप्पु गुप्ता र उनका छोरा पवन गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो। 

सुनचाँदी पसलबाट चोरी गरेको गहनाले गुप्ताले घरको छतमा पानीको ट्याङकीमा लुकाई राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहर िनायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार पप्पु गुप्ता यस भन्दा अघि पनि लागु औषध र सार्वजनिक अपराधमा मुद्दामा धेरै पटक पक्राउ परिसकेका थिए। गुप्ताले चोरी भएको सुनचाँदी पसल नजिकै फलफूल र रतरकारी बिक्री गर्ने ठेला संचालन गर्दै आएका थिए।

प्रिया सुनचाँदी पसलका सञ्चालक बिनोद कुमार बर्माले झण्डै १२ लखाको चोरी भएको बताउँदै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस