सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका मुटु रोग पीडित बालकको उपचारमा समस्या,आर्थिक सहयोगको याचना

२०७६ चैत्र २७, ११:५० खबर संवाददाता

डोटीका मुटु रोग पीडित १० वर्षीय बालकको उपचारमा आर्थिक अभावले समस्या भएको छ। मुटुमा समस्या देखिएपछि धनगढी ल्याईएका बालकको उपचारमा समस्या भएको हो।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ का १० वर्षीय बालक सुदिप नेपालीको उपचारमा आर्थिक अभावले समस्या भएको परिवारले बताएका छन्।

धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएका उनलाई अन्यत्र रेफर गरिएपनि आर्थिक अभावमा लैजान नसकिएको बालकका बुबा मोहन नेपालीले बताए।

‘चिकित्सकहरुले छोरोको मुटुको भल्बमा गम्भीर समस्या देखिएकाले धनगढीमा उपचार सम्भव नभएको भन्दै अन्यत्र लैजान सुझाव दिएका छन्।’ नेपालीले भने, ‘तर आफूसँग पैसा छैन् कसरी लैजाउ।’ माया मेट्रो अस्पतालले उनलाई शहिद गंगालाल हृदय केन्द्र काठमाडौं लैजान सुझाव दिएको छ।

‘आफुसंग भएजतीको सबै रकम यतै सकियो’, उनले भने, ‘थप उपचारका लागि समस्या परको छ, सबैसँग सहयोगको याचना गर्दछु।’ मुटुमा प्वाल परेर भल्बमा समस्या देखिएपछि जति सक्दो चाडो शहिद गंगालाल हृदय केन्द्र जान भने पनि पिडित परिवारलाई आर्थिक समस्या भएको हो।

‘आर्थिक अवस्था निकै कमजोर छ’ उनको दःुखेसो गरे, ‘बन्दको बेला कसरी काठमाडौं जाने कसरी उपचार गर्ने।’ नेपालीले छोराको ज्यान बचाउन सबैसँग सहयोगका लागि अपिल गरेका छन्।

उनले सहयोग गर्न चाहानेलाई आफ्नो ९८६५६३३७९७ नम्बरमा सम्पर्क गरिदिन आग्रह समेत गरेका छन्।  
 

कमेन्ट लोड गर्नुस