सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा एकै दिन थपिए सात सय ७३ जना संक्रमित,मृतकको संख्या एक सय ४९

२०७६ चैत्र २७, ०७:०५ खबर संवाददाता

धनगढी : भारतमा कोरोना संक्रमतिको सङख्या बढेर पाँच हजार दुई सय ७४ पुगेको छ। बुधवार एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेपछि संक्रमितको सङख्या बढेर पाँच हजार दुई सय ७४ पुगेको हो। अहिलेसम्म मृतकको संख्या भने एक सय ४९ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

कैलालीसंग सीमाना जोडिएको भारतको उत्तरप्रदेशमा तीन सय ४३ जना संक्रमित छन् भने तीन जनाको मृत्यु भएको छ। भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १८ जना संक्रमित भेटिएका छन् र ६४ जनाको मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस