सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्वास्थ्यर्मी कोरोनासँग लड्ने शक्ति माग्न मन्दिर पुगे

तस्बिर : नेपालका कान्छा अभियान्ता केपी खनालको फेसबुकबाट
तस्बिर : नेपालका कान्छा अभियान्ता केपी खनालको फेसबुकबाट
२०७६ चैत्र २६, ०८:१२ खबर संवाददाता

कैलालीमा विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) सँग लड्ने शक्ति मिलोस भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले भगवानसँग प्रार्थना गरेका छन्।

कैलालीको लम्कीचुहा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोनासँग लड्ने शक्ति माग्दै मन्दिरमा प्रार्थना गरेको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ। नेपालका कान्छा अभियान्ता केपी खनालले चिकित्सक तथा स्वास्थ्यकर्मीले मन्दिरमा दर्शन गरेको फोटो फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।

खनालले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘तस्वीर देख्दा रमाईलो गरे जस्तो लाग्छ तर यथार्थमा विश्व त्रसित भईरहेको बेला मनमा अनेकौ डर लिएर जनताको स्वास्थ्यका लागि दिनरात खटिने स्वास्थ्यकर्मीहरुलाई सलाम आज पुनः  हामी लम्मीचुुहा अस्पताल का Medical Officer Dr. Prakash सङ्गै स्वस्थकर्मीहरुको टोली क्वारेन्टाईनमा रहेका नागरिकलाई भेट्दै कर्णाली चिसापानीको हनुमान मन्दिर दर्शन गर्दै विश्वलाई कोरोना विरुद्व लड्ने शक्ति मिलोस भन्दै कामना गरेका थियौं।’

लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य परिक्षणका लागि जाने क्रममा मन्दिरमा दर्शन गरिएको बताए। डाक्टर तिमिल्सिनाले हिन्दु आस्था अनुसार आफूहरुले पनि विश्व समुदायलाई नै कोरोनासँग लड्न सक्ने क्षमता मिलोस भन्ने भगवानसँग प्रार्थना गरेको बताए।

चिकित्सक र स्वास्थ्यकर्मीसँगै कान्छा अभियान्ता खनाल पनि मन्दिर पुगेका थिए। 

 

 

कमेन्ट लोड गर्नुस