सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरमा मेरा बाआमाको श्वास रोकिन जान्छ !

२०७६ चैत्र २६, ०७:००

को अस्पताल तिम्रो  कुरुवा  पर्खिन जान्छ 
अरे न कोही लासलाई दागबत्ती दिन जान्छ

छोरो महामारीमा परेको खवर नसुनाइदिनु
घरमा मेरा बाआमाको श्वास रोकिन जान्छ

गाऊँ बेचेर सहर हिडेदेखि कहिल्यै ऊ फर्केन
महामारी,भुकम्प जादा गाऊँ सम्झिन जान्छ

औलामा सुनको औँठी हातमा आइफोन बोकेर 
एक बबुरो गरिब महामारीको राहत लिन जान्छ

कसम भ्रस्टाचार राष्ट्रिय खेल मानिनु पर्छ सरकार 
तिम्रो मन्त्री खेलाडी विपतमा पनि होमिन जान्छ

देवराज भट्ट, केआईसिंह १ डोटी
हाल : किर्तीपुर काठमाडौं
 

कमेन्ट लोड गर्नुस