सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रकले विद्युतको तार छुँदा आगलागी

२०७६ चैत्र २६, ०३:४८ खबर संवाददाता

धनगढी: धनगढीमा ट्रकले विद्युतको तार छुँदा आगलागी भएको छ। तार सटभइ धनगढी उप–महानगरपालिका वडा नम्बर १५ सुर्मीका प्रेमलाल रानाको गोठमा आगलागी भएको हो। उनको गोठ जलेर पूर्ण नष्ट भएको प्रहरीले जनाएको छ।

भारतको बरेलीका २६ वर्षीया अमितकुमार श्रीवास्तवले चलाएको यूपी११टी २१५६ नम्बरको ट्रकले विद्युतको तार छोएकोले घटना घटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षण दक्षकुमार बस्नेतले बताए। 
ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आगलागीबाट मानविय तथा पशुचौपायामा कुनै क्षति नभएको बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस