सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलित महिला अधिकार मञ्च कैलालीद्वारा सेनेटरी प्याडसहित खाद्यान्न सहयोग

२०७६ चैत्र २६, ०३:०६ खबर संवाददाता

कैलाली: दलित महिला अधिकार मञ्च नेपालले जिल्लाको कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका विपन्न, महिला, सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। मञ्चले कोभिड–१९ रोकथामका लागि लकडाउन भएका बेला दैनिक ज्यालादारी गर्ने विपन्न परिवारहरुको लागि कैलारी गाउँपालिकालाई खाद्यान्नसँगै सामग्री हस्तान्तरण गरेको हो।

लकडाउनका बेला महिलालाई खाद्यान्न मात्रैले नपुग्ने भएकाले सेनिटरी प्याडपनि प्याकेजमा राखेको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा धिमिरेले बताइन। उनले सुत्केरी महिलाहरुको लागि अण्डा समेत उपलब्ध गराएको बताइन। 

उक्त संस्थाले कैलारी गाउँपालिकालाई ५ सय किलो चामल, १ सय २० लिटर तेल, २ सय ४० पिस साबुन, १ सय ३३ वटा सेनेटरी प्याड, ३ सय अण्डा हस्तान्तरण गरेका होे। त्यस्तै गौरीगंगा नगरपालिकालाई ५ सय किलो चामल, ८० लिटर तेल,  १ सय ६० पिस साबुन, ७ सय ५० वटा अण्डा र ८० पिस सेनेटरी प्याड उपलब्ध गराएको अध्यक्ष घिमिरेले बताइन। 

दास्रो चरणमा प्रत्येक स्थानीय तहमा २५ देखि ३० हजार बराबरको सेनेटरी प्याड सहयोग गर्ने दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा धिमिरेले बताइन। 
 

कमेन्ट लोड गर्नुस