सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड निर्माता करिम मोरानीका दुबै छोरीलाई कोरोना संक्रमण

२०७६ चैत्र २५, १२:५० खबर संवाददाता

बलिउड चलचित्रका सफल निर्माता करिम मोरानीका दुबै छोरीलाई कोरोना संक्रमण भएको छ। उनकी कान्छी छोरी साजाको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो। मोरानीको कान्छी छोरीको रिपोर्ट पोजेटिभ आएपछि जेठी छोरी जोयाको पनि कोरोना परिक्षण गरिएको थियो। सोमबार जाँच गर्दा उनको पनि पोजेटिभ रिपोर्ट आएको हो।

जोयालाई मुम्बइको कोकिलावेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ। उनी मार्च महिनाको अन्तिम साता राजस्थानबाट फर्किएकी थिइन्। कान्छी छोरी साजाको भने नानावती अस्पतालमा उपचार भैरहेको छ। उनी, मार्चको पहिलो साता श्रीलंकाबाट फर्किएकी थिइन्। मोरानी परिवार अहिले क्वारेन्टाइनमा छ। अनलाइन खबरबाट। 

कमेन्ट लोड गर्नुस