सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न प्रधानमन्त्री ओलीको आग्रह

२०७६ चैत्र २५, ११:५१ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको भन्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन्।

एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुर्याउने उल्लेख गर्दै उनले विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन आग्रह गरेका छन्।

त्यस्तै नेपाल–भारत सीमामा रहेका नेपाली नागरिकको उचित व्यवस्थापन गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस