सुदूर नेपाललाई विश्वसँग जोड्दै

हो म चौकीदार

२०७६ चैत्र २४, ०९:२४ खबर संवाददाता

यो बस्तीमा समस्या छ अरे 
यहाँ  सदिऔं देखि
चोरहरुको आतंकले
गरिब बस्तीहरुमा समेत
आतंक फैलिएको  छ अरे
हुन त चोरहरुले
चोर्ने धन दौलत नै हो
यो झुपडी बस्तीहरुमा त्यो त छैन्
तर पनि यहांँ
डकैतीको ठूलो डर छ
किनकी चोरहरुले
धन दौलत नभेटे बलात्कार  गर्छन्
प्रतिकार  गर्न जांदा हत्या नि गर्लान्
किनकी उनले राजा, मन्त्री , हाकिम, कानुन
प्रहरी  सबै किनी सकेका छन्।

प्रतिकार गर्ने हतियारलाई
आदेश छैन  चोरका विरुद्ध  पडकाउन
 चोरी गर्ने चोर चौतारामा
राजा, मन्त्री , हाकिम, प्रहरीसंगै
पलेटी कसेर बस्छ
र बांड्न सुरु गर्छ चोरेको कसार
मीठो मानी मानी 
बिला लगाउँछन उनीहरु
 तर म सक्दिन
अब उनीहरुको यो आतंक सहन
 अब सुरु गर्नुछ मैले
यो बस्तीको चौकिदारीको काम
बजाउनु छ सडकहरुमा
मेरो हतियार  मस्तिष्क  र डण्डा
अनि बिगुल फुक्नु छ
अब्राहम लिङ्कन को दृढ आंट
 देखाउनु छ स्पाटाकसको शैलीमा
 भन्नू पर्नेछ  अब चोरहरु सबधान !
दिउँसो सडकमा  लाठी बजार्दै छु
सुनसान रातमा बस्ती जगाउदै छु
 पहिल्यै थाहा छ मलाई
म चौकीदारका कारण
भुस्याह कुकुरहरु तनावमा हुनेछन्
किनकी अब

चोरेको चौतारोको बिला छुट्ने वाला छ
 बरु मासु चुसेको हाड पनि
 कुकुरले खान पाउने छैनन्
 त्यसैले मगजमै निन्द्रा बिग्रिएको छ
 राजा, मन्त्री , हाकिम, प्रहरी
 अनि सडकका गल्लीहरु 
कब्जा जमायर बसेका
ती सबै भुस्याहा कुकुरहरुको
किनकी म चौकीदारले
आज  उनको सत्ता
खोसी दिएको छु।
 

कमेन्ट लोड गर्नुस