Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

दादुरारुबेलाबाट चेपाङ गाउँमा दुईको मृत्यु, १५० बिरामी

२०७६ चैत्र २२, ०९:१५
अ+

दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन्। गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरारुवेला रोगको सङ्क्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो।

दादुरारुवेलाका कारण २९ महिनाको अनिशा चेपाङ र आठ महिनाको वसन्त चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताईन्। गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छिन्। चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो। फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए।

रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुबाडीले बताए। दुई वर्षअघि धादिङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेपनि चेपाङ गाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमायाँ चेपाङले बताईन्। ३० वर्षीया सोल्टीमायाँको छ बच्चामध्ये एक जनाको दादुराका कारण मृत्यु भएको थियो। उनले आफूले र बच्चाले अहिलेसम्म खोप नलगाएको बताईन्।–रासस 
 

Skip Ad